लकडाउनमा कोही पनि भोको रहनेछैन: कुसियैत
१८ बैशाख २०७७, बिहीबार १९:५१
इनरुवा । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले लकडाउनमा कोही पनि नागरिकले भोको बस्नु नपर्ने बताउनुभएको छ ।
देशमा तीन तहको सरकार रहेको र सबै भन्दा नजिकको स्थानीय सरकार रहेकाले कोही पनि नागरिक भोको बस्न नपर्ने बताउनुभयो । सुनसरीको इनरुना नगरपालिका ३ मा राहत हस्तान्तरण कार्यक्रममा वहाँले सो कुरा बताउनुभएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुसियैतले आफ्नो ११ महिनाको सम्पूर्ण सेवा सुबिधालाई सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को चारै वटा स्थानीय हतलाई भोही भोको नहरोस भन्ने उदेश्यले राहत समेत हस्तान्तरण गरेको बताउनुभयो । वहाँले ईनरुवा नगरपालिकाको ३ वटा वडाहरुमा प्रत्येक वडामा एक हजार ५०० केजीको दरले चामल राहत हस्तान्तरण गरेको र स्थानीय तहहरुलाई
समेत राहतलाई पारदर्शी र प्रभावकारी बताउनुन आग्रह गर्नुभयो ।
मन्त्री कुसियैतले कोरोना भाईरस विश्व भरिमा फैलिरहेको हुदाँ रोकथाम तथा सर्न नदिनका थप सावधानीको लागि नेपाल सरकारले लगाऐको लगडनलाई प्रभावकारी वनाउन तथा अति विपन्न भऐका व्यक्तिहरुलाई खाद्यान्न संकटको मध्य नजर गरि अति विपन्न भऐका व्यक्तिहरुलाई खाद्यान्न तथा राहत वितरण गरेको बताउनुभयो । कुसियैतले आफ्नो गाउँ समेत रहेको कोशी गाउँपालिकाको ८ वटै वडामा पन्ध्र सय केजीका दारले चामल हस्तान्तरण गरेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया