मृत्क परिवारलाई आर्थिक सहयोग – Nagarikabhiyan : National News

मृत्क परिवारलाई आर्थिक सहयोग

राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालका गाडी चालकको अल्पआयुमै मृत्यु भएका परिवारलाई आज आर्थिक सहयोग गरेका छन ।

एक कार्यक्रम बिच २०७७ मङ्सिर २३ गते मृत्यु भएका उक्त अस्पतालका गाडी चालक छोटेलाल यादवको परिवारलाई अस्पतालका कर्मचारीहरुले आफना दुई दिनको तलब कटा गरेर उक्त आर्थिक सहयोग गरिएको हो ।

अस्पताल परिवारले अस्पतालका कर्मचारीहरुबाट संकलन गरिएका सहयोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रंजित कुमार झाले रु दुई लाख ६० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

सो क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट झाले आफ्नो ब्यक्तिगत तर्फबाट स्व.यादवका सन्तानहरुको पढाइमा वर्षेनि लाग्ने सम्पुर्ण खर्च समेत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै मृतक यादवका श्रीमतीलाई अस्पतालमा जागिरको ब्यवस्था पनि मिलाउने काम अगाडी बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।