प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस् : कमल थापा
११ पुष २०७७, शनिबार ०९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना सम्झदै आफ्नो जस्तो नियति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोग्नु नपरोस् भनेका छन् ।
शनिबार बिहान ट्वीट गर्दै उनले राप्रपा अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुन विपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन् ।
‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस् । मेरो शुभकामना,’ उनले ट्वीटमा भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया