प्रदेश २ का जिल्लाहरुमा जसपाले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला – Nagarikabhiyan : National News

प्रदेश २ का जिल्लाहरुमा जसपाले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको छ।

असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गर्दै जसपाका नेता कार्यर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका हुन् ।

जनता समाजवादी पार्टीको केन्द्रीय कमिटीको पूर्व सर्कुलर अनुसार जनकपुरसहित सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि जसपाले संसद विघटन विरुद्ध प्रदर्शन गर्दै पुतला जलाएका छन्।

जसपाको केन्द्रीय कमिटीको सर्लकुलर अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते जिल्लाभर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।