चितवनमा प्रचण्ड-माधव समूहको राँके जुलुस – Nagarikabhiyan : National News

चितवनमा प्रचण्ड-माधव समूहको राँके जुलुस

चितवन ।  चितवनमा प्रचण्ड-माधव नेपाल पक्षका युवा कार्यकर्ताले राँके मसाल जुलुस निकालेका छन् ।

जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । युवा संघ तथा विद्यार्थीहरूले संसद विघटनको विरोधमा जुलुस निकालेका हुन् ।

चितवन मेडिकल कलेज अगाडिबाट चौबीसकोठीतर्फ जाँदै गरेको जुलुसमा प्रहरीले लाठीचार्ज गरेको युवा नेता धर्म कार्कीले बताएका छन् । प्रहरीको लाठीचार्जबाट भरतपुर महानगर कमिटीका सचिव सुमन सापकोटासहित एक दर्जनबढी युवाहरूको खुट्टामा चोट लागेको उनले बताए ।

चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले लाठीचार्ज नभई आन्दोलनकारीले बोकेर आएको लाठी खोसेर नियन्त्रणमा लिएको बताए ।