संसद विघटनको विरोधमा जसपाको देशभर प्रदर्शन – Nagarikabhiyan : National News

संसद विघटनको विरोधमा जसपाको देशभर प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशभर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध जसपाले आन्दोलन घोषणा गरेको थियो।

संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने जसपाका कार्यक्रम छन्।