पूर्पक्षको लागि दुई जना करागार चलान – Nagarikabhiyan : National News

पूर्पक्षको लागि दुई जना करागार चलान

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ का रंजितकुमार भगतलाई पूर्पक्षको लागि आज राजविराज करागार पठाईएको छ ।

सवारी ज्यान मुद्दाका प्रतिवादी भगतलाई सप्तरी जिल्ला अदालतले राजविराजस्थित करागार पठाउने आदेश सुनाएको हुनाले उनलाई करागर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता एवम प्रहरीनायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

गत मंसिर १० गते भगतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नुभन्दा झण्डै दुईसाता अगाडी भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उनलाई बिरेन्द्र बजारस्थिति घरैबाट पक्राउ गरेको थियो । भगतको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरीको भनाई छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अन्टेस्ट मोटरसाइकलले वतन नखुलेको पैदल यात्रीलाई ठक्कर हानेको थियो ।

यस्तै सप्तरीको डाक्नेश्बरी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ७३ को जहर राय समेतको मिति ०७७ मंसिर ४ गतेको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी स्थानीय गोपी रायको छोरा बर्ष ६५ को मलहु राय भएको ज्यान मार्ने उधोग मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले प्रतिवादी मलहु रायलाई समेत पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।