आफ्नै नेतृको यौन शोषण गर्ने मुख्यमन्त्री राईको हर्कत: सडकमा छटपटाइरहेका घाइतेको उद्धार छोडेर साइरन बजाउँदै हिँडे ! – Nagarikabhiyan : National News

आफ्नै नेतृको यौन शोषण गर्ने मुख्यमन्त्री राईको हर्कत: सडकमा छटपटाइरहेका घाइतेको उद्धार छोडेर साइरन बजाउँदै हिँडे !

काठमाडौं । प्रदेश १ मुख्यमन्त्री शेरधन राई बेला बेला चर्चामा आइरहन्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकदमै माया गर्ने राईले आफ्नै नेतृको वर्षौसम्म यौन शोषण गरेको तथ्य बाहिर आउँदा पनि कारवाही भएन। कारवाही त परै जाओस छानविन नै भएन। उल्टै युवा संघकी नेतृ बालिका खड्का जो पीडित हुन उनलाई मानसिक सन्तुलन गुमाएको आक्षेप लगाउँदै उल्टै प्रताडित गरियो ।

यो प्रकरण त अहिले सेलाइसकेको छ । बालिकाले दाबी गरेको कुरामा छानविन नहुँदा न्याय पाएकी छैनन। २०७४ को निर्वाचनपछि राष्ट्रपति भवनमा प्रधानमन्त्रीले सपथ लिने बेलामा फागुन ३ गते शेरधनले बालिकाको संवेदनशील अंग छोएर दुर्व्यवहार गरेका थिए।

सार्वजनिक स्थानमै खुलेयाम दुर्व्यवहार गर्ने शेरधनले बन्द कोठामा के गरे होलान त्यो प्रश्नको विषयनै हो । तर शेरधनले भने आफूले दुर्व्यवहार नगरेको र चरित्र हत्या गर्न खोजेको दावी गर्दै आएका छन्। खैर ओलीका छोरा मानिने शेरधन यौन दुर्व्यवहार आरोपी हुन्। शेरधन अहिले यौन दुर्व्यवहार भन्दा पनि राजसी ठाटको शैलीले चर्चामा आएका छन्।

जनताबाट निर्वाचित भएर जनताको सेवा गर्नुपर्नेमा उनी जनताभन्दा माथि सुपेरियर शैली देखाएका छन्। सोमवार साँझ मोरङको बेलबारी नगरपालिका-४ को हल्लुड चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका दुई जना सडकमा छटपटाइरहेका बेला मुख्यमन्त्री राईको सवारी लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका साधनमा साइरन बजाएर भयो।

मानवीयताका हिसाबले पनि घाइतेको उद्धार गर्नुपर्ने अवस्थामा राई त जनताबाट निर्वाचित जनताको सेवा गर्ने प्रतिनिधि थिए। तर उनी नै अनदेखा गरेर हिँडे। उद्धारको पर्खाइमा सडकमा छटपटाइरहेका घाइतेलाई छल्दै मुख्यमन्त्रीको गाडी तीव्र बेगमा हुइँकियो । अगाडि जनपथ, पछाडि सशस्त्र प्रहरीको गाडी र बीचमा मुख्यमन्त्री सवार गाडी थियो ।

तीनवटै गाडीले सडकमा अलपत्र परेका घाइतेलाई बेवास्ता गर्दै हिँडे । झापाको कार्यक्रमबाट फर्किंदै गरेका मुख्यमन्त्री राई घाइतेलाई अलपत्र छाडेर, साइरन बजाउँदै गएको करिब १० मिनेटपछि मात्र उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो । तर, यतिञ्जेलसम्म ढिलाइ भइसकेको थियो ।

घरबाट बजारतर्फ निस्कने क्रममा को३५ प. ५९७५ नम्बरको स्कुटरमा पूर्व-पश्चिम राजमार्ग पार गर्दै थिए, ४३ वर्षे अर्जुन खत्री र ६५ वर्षे दुर्गाप्रसाद भण्डारी । खत्री र भण्डारी सवार स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले बताएको छ ।

उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा दुवै जनाको अवस्था गम्भीर थियो । प्रहरीले उपचारका लागि घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा पठायो । समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ । पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ ।