प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक : ओलीलाई अनुशासनको कारबाही – Nagarikabhiyan : National News

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक : ओलीलाई अनुशासनको कारबाही

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने लगायतका ९ वटा एजेण्डा प्रचण्ड–नेपाल समूहले प्रस्तुत गरेका छन् ।

मंगलबार दिउँसो बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुरु भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहरुको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेण्डा प्रस्तुत गरिएको हो ।

एजेण्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ ।