प्रचण्डले खुलमटारमा बोलाए सचिवालय बैठक – Nagarikabhiyan : National News

प्रचण्डले खुलमटारमा बोलाए सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित नेकपा केन्द्रीय कमिटी बैठकमा सम्बोधन गरिरहँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा सचिवालय बैठक बोलाएका छन् ।

आज दिउँसो बबरमहलमा बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा तयार गर्न र ओलीमाथिको कारबाही प्रक्रिया टुंगो लगाउन सचिवालय बैठक बोलाएका हुन् । बैठकमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन् ।

ओली नेतृत्वको बैठकमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र विष्णुप्रसाद पौडेल सहभागी छन् ।अर्का दुई सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा बादल कुनै समूहमा उपस्थित छैनन् । द नेपालटप