प्रधानमन्त्री ओलीलाई लाग्यो फेरी अर्को ठुलो झट्का, गृहमन्त्रीले पनि राजिनामा दिँदै
६ पुष २०७७, सोमबार १५:०२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी अर्को ठुलो झट्का लागेको छ
गृहमन्त्री राम वहादुर थापा ‘वादल’ले पनि प्रधानमन्त्री ओलीलाई ठुलो झट्का दिएका हुन् । गृहमन्त्री थापाले पनि राजिनामा दिने भएका हुन् ।
उनले आज साझ राजिनामा बुझाउने उच्च स्रोतले जनाएको छ । वर्तमान सरकारका ७ जना मन्त्रीहरुले हिजो मात्रै सामूहिक राजीनामा दिएका थिए ।
हिजो मात्रै सामूहिक राजीनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया