बिराटनगरमा केपी ओलि को पुत्ला जलाइ बिरोध प्रदर्शन – Nagarikabhiyan : National News

बिराटनगरमा केपी ओलि को पुत्ला जलाइ बिरोध प्रदर्शन

बिराटनगर । जनता समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन ले बिराटनगरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन । समाजवादी विद्यार्थीका केन्द्रीय सदस्य कमल पोख्रेलको नेतृत्वमा भएको कार्यक्रम सन्सारीमाइस्थान बाट नाराजुलुस गर्दै महेन्द्र चोकमा गएर कोणसभा गर्दै पुत्ला जलाइएको विद्यार्थी नेता तरुण विक्रम खवासले जानकारी दिनुभयो । नेता पोख्रेलले केपी ओलीले संसद विघटन गरेर संविधानको बलात्कार गरेको बताउदै यसको विरुद्ध सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र पक्षधर युवा बिद्यार्थीले सडक संघर्ष बाट ओलितन्त्रलाई पाखा लगाउने बिध्यार्थी नेेेेता राकेश यादव बताए। कार्यक्रममा राष्ट्रिय बिद्यार्थी संघका जिल्ला संयोजक बिपुल झा, बिद्यार्थी नेता पेशल झा, युवा नेता रंजित गोस्वामी, साहिल खान  समेेत रहेको थियो।