लैङगिक हिन्सा सम्बन्धी ३ दिने तालिम सम्पन्न
४ पुष २०७७, शनिबार २१:११
राजविराज । लैङगिक हिन्सा सम्बन्धी ३ दिने तालिम शनिवार यहाँ सम्पन्न भएको छ ।
लैङगिक हिन्सा न्युनिकरण परियोजना अन्र्तगत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित तिलाठीमा आज तिन दिने तालिम सम्पन्न भएको सेभ द सप्तरीका लेङगिक हिन्सा न्युनिकरण कार्यक्रम संयोजक संतोष यादवले जानकारी दिनुभयो ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको तालिममा तिलाठी कोइलाडी गाउँपालिका अन्र्तगतका अधारभुत बिद्यालयका प्रअ तथा शिक्षा संयोजक र वडा अध्यक्षहरुलाई सहभागिता गराई उक्त तालिम दिइएको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा सम्पन्न भएको तालिममा अर्जुन कुमार यादवले परशिक्षण गर्नुभएको थियो । उक्त कार्यक्रममा सेभ द सप्तरीका स्थानिय समुदायिक परिचालक मिठु झा लगायतका सहभागि रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया