कार्यक्रम सल्हाकार समिति बैठक तथा भ्रमण सम्पन्न
३ पुष २०७७, शुक्रबार १७:१९
राजविराज । सेभ द सप्तरीले सन् २०२० मा एक बर्षभरी आफना बिभिन्न क्षेगमा गरेका क्रियाकलाप तथा कार्यक्रमको बारेमा आज यहाँ समिक्षा गरि सल्हाकार समिति बैठक तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
राजविराजस्थित न्युस्टार होटेलमा सुक्रबार आयोजित कार्यक्रम सलहाकार समितिको बैठक तथा भ्रमण समहारोमा सप्तरीको राजविराज नगरपालिकासहित जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं. १६ मा एक बर्ष भरीमा गरिएका कामकाजको बारेमा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रतिवेदन पढेर सुनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको प्रमुख आतित्थीय आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले सन् २०२० अर्थात एक बर्ष भरी गरेका कामकाजको बारेमा दुई समुहमा बिभाजन गरि ग्रुप (ए) र ग्रुप (बी)मा टोली बाडेर स्थालगत अनुगमन गरिएको छ ।
सो क्रममा ग्रुप (ए) टोलीले तिलाठी कोइलाडी गाउँपालिकाको स्थलगत अनुगमन गरिएको छ भने ग्रुप (बी) टिमले जिल्लाको बिष्णुपुर र राजविराज नगरपालिकाको वडा नं. १६ मा सेभ द सप्तरीले गरेका काम बारे अनुगमन गरिएको छ ।
ग्रुप (ए) अन्र्तगतको समुहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडी स्थित कोशी पलारमा दिनारामभद्री कृषक समूहले लगाएको तरकारीबालीको अनुगमन गरिएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहकार्यमा संचालित समुन्नती कार्यक्रम जिविकोपार्जन अन्र्तगत सिमान्तकृत वर्गका अधिकाश दलितहरुलाई लक्षित गरि यहाँका सदा(मुसहर) र मलाहा(मुखिया) समुदायहरुको लागि कोशीको किनारमा रहको स्थानिय जग्गा धनीबाट ३ बिगाहा जमिन पाँच बर्षका लागि भडामा लिई उनीहरुलाई जग्गामा तरकारीबाली लगाइएको पाइएको छ ।

उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि फुल कोवी,बन्दाकोवी,भन्टा,खुर्सानी,टमाटर,आलु ,मुला,रायो साग, लहरे तरकारी अन्र्तगतका वालीहरुरु फर्सी,लौका,करेला,वोडी,काक्रा लगायतका तरकारीहरु उत्पादन गर्दै आइएको छ ।
हाल दिनारामभद्री कृषक समुहले आफनै पहलमा तरकारी खेती बढाएर ५ बिघा सम्म पु¥याएका छन । समुन्नती कार्यक्रमको जिविकोपार्जन मार्फत सेभ द सप्तरीले यस कृषक समुहलाई बिगत बर्ष देखि नै क्षमता अभिबृदि लगायतका तालिम र बिउ,बिजन,मलखाद र सिचाईका सामग्रीहरु लगायत कृषि सम्बन्धि बिभिन्न समानहरु प्रदान गरि सहयोग गर्दै आएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।
सो तरकारी खेतीबाट त्यहाँका दलित समुदायका मानिसहरु आत्मनिभर बनेर आफनो पारिवार चलाउनुका साथै छोरा छोरीहरुलाइृ बिदालय सम्म पढाउन पाइएको दिनाराम भद्री कृषक समुहकी सदस्य सुमिदा देवी मुखियाले बताउनुभयो ।
उहाँले भन्नुभयो सेभ द सप्तरीले आथिृक रुपमा सहयोग गरेपछि हामी तरकारी खेतीमा रमाउन थालेकोर आश्रोत समेत हुन लागेको बताउनुभयो ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुलामा रहेको राजाजी आधारभुत बिद्यालयमा पनि रु १८ लाखको लागतमा बालबिकास भवन निर्माण गरिएको छ । 
उक्त भवन निर्माणमा गाउँपालिकाले रु ९ लाख २५ हजार र सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको साँझेदारीमा रु ९ लाख २५ हजारबाट भवन निर्माण सम्पन्न भर्इृ अहिले बालबिकासका बालबालिकाहरु मजाले पढि रहेको सेभ द सप्तरीका सुपर भाइजर रामकुमार रामले अनुगमन कर्ताहरुलई जानकारी दिइएको छ ।
उक्त विद्यालयमा बिद्यालय स्वास्थ्य पोषण,किशोर किशोरी बिकास कार्यक्रम,आधार भुत कक्षा १ देखि ७ सम्मका बिद्यार्थीहरुलाई बिभिन्न सहयोग र प्रारभिक बालबिकास कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरिएको प्रधानाध्यापक भागवत साहले बताउनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ तोपामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा समेत रु दुई लाख भन्दा बढीको लागतमा मर्मत सम्भार ,नवजात शिशु स्याहार र मायाको अङगालो कुन्ना स्थापना,प्रसुति गृहमा प्रदान गरिएको परदा,कोभिड १९ का लागि रु ३ लाखको स्वास्थ्य सामग्री सहयोग दिइएको बारे फिल्ड अधिृकृत बिदया मण्डलले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र तोमामा १६ जना स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य उपचार भइरहेको प्रमुख बालकुमार साहले जानकारी दिनुभयो ।
यस्तै ग्रुप (बी) समुहले जिल्लाको बिष्णुपुर र राजविराज नगरपालिकाको समेत अनुगमण गरिएको छ ।

सो क्रममा बिष्णुपुर गाउँपालिका वडा नं. १ मा रु १६ लाखको लागतमा निर्माण गरिएको बालबिकास भवन तथा राजविराज नगरपालिका वडा नं. १६ मा चप्पाकलको अनुगमन गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. १६ स्थित मुसहर बस्तीमा रु ५७ हजार ५०० सयको लागतमा निर्माण गरिएको चप्पाकलको समेत अनुगमन गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुले जानकारी दिनुभयो ।
त्यस्तै स्थानिय लघुउद्यमी सत्यनारायण संगले सेभ द सप्तरीको आर्थिक सहयोगबाट संचालन गरेको किराना पसलबाट उहाँले दैनिक रु ३ सय बचत गरिहेको सेभ द सप्तरीका फिल्ड अधिकृत थारुले अनुगमनको क्रममा भन्नुभयो ।
सेभ द सप्तरीको आर्थिक सहयोगमा संचालन गरेको खंगले सो पसलको आम्दानीबाट ४ वटा छोरा ÷छोरीहरुलाई बिद्यालयमा पढाउन पाउँदा उनी साहरे खुशी देखिनुभएको छ ।
यस्तै बोरीया स्वास्थ्य चौकीमा पनि आवश्यक स्वास्थ्य उपकरण प्रदान गरिएको छ भने खानेपानी सरसफाई तथा रु २५ लाखको लागतमा बरथ्रिङ सेन्टर नया भवन निर्माण भइरहेको पाइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा सम्पन्न भएको भ्रमण तथा अनुगमन कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ट कार्यक्रम संयोजक अरुण महतो,सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, सचिव नरेन्द्र प्रसाद यादव,कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,कृषि प्राबिधिक रामकुमार साह,फिल्ड अधिकृत बिष्णुकान्त देव,बिदया मण्डल,मुकेश कुमार मण्डल,सत्यनारायण थारु, छिनन्मसता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल,प्रशासकिय अधिकृत महेश प्रसाद शर्मा,बिष्णुपुर गाउँपालिका अध्यक्ष लिलामवर यादव,तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिँह,राजविराज नगरालिकाका उपमेयार साधना झा, पत्रकार अवधेश झा,चन्दन यादव र राष्ट्रिय समाचार समितिका समचारदाता अरुण कुमार यादव लगायतका अनुगमन तथा भ्रमण गरेका थिए ।
सोही क्रममा सेभ द सप्तरीका लेङगिक हिन्सा न्युनिकरण कार्यक्रम संयोजक संतोष यादव,फिल्ड अधिकृत ललिता मण्डल ,फर्जाना खातुन, लेखा अधिकृत अशोक साह, सुपरभाइजर राजिव चौधरी तथा सेभ द सप्तरीका समुदायिक परिचालक सहित बिभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया