दरबारमार्गमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ – Nagarikabhiyan : National News

दरबारमार्गमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौंको दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।  बिहीबार राति भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो । रातोपाटी
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।