टिकटकबाट चिनेको युवकसँग बिहे गर्न नेपाली चेली भारत पुग्दा…
२ पुष २०७७, बिहीबार १६:३६
काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ ।
उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो ।
किशोरीकी आमा वेदैशिक रोजगारीमा छिन् र उनी बाबु र परिवारका सदस्यहरुसँग काठमाडौं बस्ने गर्थिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने गरेको र त्यही कारणले ती भारतिय युवकले प्रभाव पारेको बताइएको छ ।
भारतीय प्रहरीका अनुसार ती युवकले किशोरी विवाह गर्न नआए आत्महत्या गर्ने बताएका थिए । नीहरुको बीचमा दुई वर्षअघि टिकटक मार्फत चिनजान भएको थियो । किशोरीका बाबु आमाले उनीहरुको सम्बन्धको बारेमा केही महिनाअघि थाहा पाएका थिए र किशोरीलाई भारत जानबाट रोक्ने प्रयास गरेका थिए ।
उनले भने,‘आमा र छोरी दुवै नयाँ दिल्ली आइपुग्नु भएको छ, उहाँहरुको ट्राभल डकुमेन्ट बनाउने काम भयो, भोलिको उडानबाट उहाँहरु काठमाडौं फर्कने कार्यक्रम छ ।’ अनलाइनखबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया