पाथीभरा मन्दिरका बाबा करोणीनाथ योगीको निधन – Nagarikabhiyan : National News

पाथीभरा मन्दिरका बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङ ।   ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा रहेको आश्रममा बस्दै आएका एक बाबाको निधन भएको छ ।

विगत चार वर्षदेखि मन्दिरमा बस्दै आएका ६० वर्षीय बाबा करोणीनाथ योगीको योगीको मङ्गलबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोममै निधन भएको प्रहरीले जनाएको छ । द नेपालटप

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले राजस्थानमा जन्मिएको बताउने योगीको घर तथा आफन्तको पहिचान हुन सकेकोले पहिचानका लागि खबर गरिएको जानकारी दिएका छन् ।

बाबाको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।