सालकको खपटासहित एक जना पक्राउ – Nagarikabhiyan : National News

सालकको खपटासहित एक जना पक्राउ

काठमाडौं । दुर्लभ बन्यजन्तु सालकको खपटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले धादिङ छत्रे देउराली-६ घर भएका सुजन तामाङ उर्फ सुबासलाई पक्राउ गरेको हो ।

गाडी चलाएर जिबिकोपार्जन गर्ने सुबासलाई ग्राहकको भेषका प्रहरीले पक्राउ गरेका हुन् । उनको साथबाट ३ फिट ६ इन्च लामो सालकको खपटा बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।