महोत्तरीको बिगही नदीमा पुलको शिलान्यास
३० मंसिर २०७७, मंगलवार १९:३१
महोत्तरी । महोत्तरीको लोहरपट्टी-४ मा पुलको शिलान्यास गरिएको छ । गेरुका-पिपरारी सडकमा पर्ने बिगही नदीमा पुलको शिलान्यास गरिएको हो ।
जसपा नेपालका नेता सरद सिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्बाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा पुलको शिलान्यास गरेका हुन् ।
पुल ११० मिटर लम्बाई र ११ मिटर चौडाईको रहने छ । १७ करोड ७१ लाख १ हजार ५ सय ७०.९८ रुपैयाँको लागतमा पुल २०७९ बैशाख २ गतेसम्म समपन्न गर्ने कार्ययोजना रहेको छ ।
नेता भण्डारीले ३ तहको सरकार मधेश आन्दोलनले गर्दा आएकाले मधेसी जनताले यसको रक्षा गर्नुपर्ने बताए । संविधानले दिएको अधिकार पनि संघ सरकारले कटौती गरेकोमा दु : ख व्यक्त गरे ।
त्यस्तै मन्त्री सोनलले सरकारले ल्याएको संबैधानिक परिषद्को अधयादेशले सरकारको नियतमाथि शंका उब्जाएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया