हात्तीबाट पीडित परिवारलाई राहत
३० मंसिर २०७७, मंगलवार १७:२९
राजविराज । जङगली हात्तीबाट पीडित ३६ दलित परिवारलाई सोमबार यहाँ राहत वितरण गरिएको छ ।
सप्तरीको पश्चिमी भेगको सुरुङ्गा नगरपालिका वार्ड नम्बर १ चहका टोलीका हात्तीपीडितलाई नगरपालिका नगरप्रमुख मुक्तिनाथ चौधरीले सो राहत वितरण गर्नुभयो ।
उनीहरुलाई प्रति परिवार २५ किलो चामल, भुजा(मुरही) पाँच किलो, खानेतेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिनुभयो ।
केही दिन अघि कोशी टप्पु वन्यजन्तु आरक्षबाठ पाँच वटा समूहमा आएका जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदा सहितका घर तोडफोड गरेको थियो ।
हात्तीले उनीहरु सबै जनाको घर तोडफोड गर्नुको साथै घरमा रहेको अन्नपात खादा उनीहरु बिच्चलीमा परेका थिए । सोहीलाई मध्यनजर गर्दै नगरपालिकाको सहयोगमा उक्त राहत बितरण गरिएको सुरुङगा नगरपालिकाले जनाएको छ ।
केही दिन यता कोशी टप्पु वन्यजन्तु आरक्षबट दैनिक निसकेको हात्तीले जिल्लाको पुर्वी ,उत्तरी र पश्श्चििमी भेगका ठाउँमा आतङ मचाउदे आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया