सबल नेपालको बार्षिक समाजिक परिक्षण सम्पन्न
२९ मंसिर २०७७, सोमबार २२:१०
राजविराज । सबल नेपालको बार्षिक समाजिक परिक्षण आज यहाँ सम्पन्न भएको छ ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले जिल्लाको पश्चिमी भेगमा गरेको कार्यको बारेमा चर्चा गरिएको थियो ।
स्थानिय ग्रीन मधेस दैनिकका प्रकासक तथा सम्पादन श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सबल नेपालका निर्देशक दिपक कुमार झाले सबल नेपालले जिल्लाको पश्चिमी भेगमा शिक्षा,स्वास्थ्य,महिला जिविकोउपार्जन तथा स्वरोजगार, कृषि क्षेत्रमा बिभिन्न ठाउँमा करेसा बारिको लागि बिभिन्न समुह बनाएर खेतिपाती गर्दै आएको बताउनुभयो ।
साथै खासरी सबल नेपालले सरसफाईमा बढी धन्यान दिएर दलित वर्गमा यसको चेतना बारे र बिश्वभरी फेलिएको कोभिड १९ का कारण प्रभावित स्थानिय जनतालाई सो संग सम्बन्धित चेतना मुलक कार्यक्रमहरु समेत गर्दै आएको जानकारी दिदै समाजिक स्तरमा आफनो संस्था अगाडी बढी रहेको निर्देक झाले बताउनुभयो ।
समुदायिमा सबल नेपालले गरिब र असाहयका लागि महत्वपुर्ण कामहरु गर्दै आएको बताइएको छ ।
सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीको प्रमुख अतितिथयमा सम्पन्न भएको कार्यक्रममा सेभ द चिल्डे«नका बरिष्ट कार्यक्रम संयोजक अरुण कुमार महतो,बिष्टि अतिथि सबल नेपालका अध्यक्ष जुना गिरी,कार्यक्रम संयोजक नन्दकिसोर चौधरी कर कार्यालयका अधिकृत सुरेश दहाल लगायतकाले सुभकामना मत्वय ब्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यक्रम बारे प्रेस युनियनका उपाध्यक्ष बिनाय कर्णले प्रतिवेदन पढेर सुनाउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया