बिष्णुपुरका बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
२८ मंसिर २०७७, आईतवार १८:२१
राजविराज । कोरोना भाइरस महामारीमा पनि बिद्यालयहरु संचालन भएको मध्य नजर गरि आज यहाँ स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको आर्थिक सहयोगमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत आज जिल्लाको बिष्णुपुर गाउँपालिकाका १७ वटा समुदायिक बिद्यालयलाई सरसफाई तथा कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले जानकारी दिनुभयो ।
संचालित समुदायिक बिद्यालयका लागि कोभिड १९ वटा जोगिन स्वास्थ्य सामग्री प्रदान गरिएको शिक्षा अधिकृत शर्माले बताउनुभयो ।
सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य समाग्री बितरण समाहारोमा प्रत्येक बिद्यालयलाई थरमोगन १ थान,स्प्रेय पम्प १ थान,साइनिटाइजर, कोभिड १९ संग सम्बन्धित चेतनामुलक पोष्टर,किटाणु मार्ने औसधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
बितरण कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्रनाथ यादव र सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया