कृषक समूहलाई कृषि सामग्री बितरण
२६ मंसिर २०७७, शुक्रबार १८:४७
राजविराज । सेभ द सप्तरीले सप्तरीको दक्षिणी भेगका दलित कृषक समूहलाई आज यहाँ कृषि सामग्री बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले राजविराजमा आयोजना गरेको कार्याक्रममा १२ वटा कृषक समूहलाई लहरेवालीको लागि बिभिन्न सामग्रीहरु बितरण गरिएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।
जिल्लाको दक्षिणी भेगका छिन्नमस्ता गाउँपालिका वडा नं. ३,२,५,६,७ र तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. २,४,५,७ ,राजविराज नगरपालिकाका वडा नं. १४ तथा बिष्णुपुर गाउँपालिकाका करिब २०६ जना सदस्यलाई कृषि बालिसहितका बिभिन्न सामग्रीहरु सेभ द सप्तरीका कार्यक्रम संयोजन गोपाल प्रसाद चौधरीले आज बितरण गर्नुभयो ।
कृषि प्राबिधिक साहका अनुसार करिब रु १ लाख ७५ हजार मुल्यबराबरको १२ वटा कृषक समूहलाई लहरेवालीको लागि फर्सीको बिउँ २०६ प्याकेट,फङगी पलाको बिउँ २०६ प्याकेट,लौकाको बिउँ ४७ प्याकेट, सबै सदस्यका लागि लोका बिउँ २ केजी ,स्पेयर २ थान बितरण गरिएको छ ।
त्यस्तै तिलाठी कोइलाडी वडा नं. ७ र छिन्नमस्ता गाउँपालिका २ का कृषक समूहलाई ४४ थान हजारी प्रत्येक सदस्यलाई समेत बितरण गरिएको छ ।
सेभ द सप्तरीका सचिव नरेन्द्र यादवको अध्यक्षतामा कृषि सामग्री बितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया