कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग – Nagarikabhiyan : National News

कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग

राजविराज । कोरोना भाइरस महामारीलाई मध्य नजर गरि सप्तरीका राजविराज नगरपालिका भित्र रहेको बिद्ययालायलाई आज यहाँ स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले राजविराजमा आज आयोजना गरेको सामग्री बितरण कार्यक्रममा राजविराज नगरपालिका अन्र्तगतका वडा नं. १,५,१४,१४ र १६ का १० वटा समुदायिक बिद्यालयका लागि कोभिड १९ वटा जोगिन स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका सुपरभाइजर दुर्गानन्द शर्माले जानकारी दिनुभयो ।

सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको बितरण समाहारोमा प्रत्येक बिद्यालयलाई परमोगन १ थान,स्प्रेय पम्प एकथान,साइनिटाइजर, कोभिड १९ को चेतनामुलक पोष्टर,किटाणु मार्ने औसधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

सो साहारोमा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव र कार्याक्रम संयोजनक गोपाल प्रसाद चौधरीले संयुक्तरुपमा बिभिन्न बिद्यलायका प्रअ तथा शिक्षकहरुलाई उक्त स्वास्थ्य सामग्रीहरु बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।

कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव,सेभ द सप्तरीका पियकी देव, सुपरभाइजर दुर्गनन्द शर्मा, अधिकृत मुकेश कुमार मण्डल,समुदायिक परिचालक रामकुमार राम र रामचन्द्रं यादव सहितका उपस्थिित रहेको थियो भन्ने बिभिन्न बिद्यालयका शिक्षकहरुको समेत उपस्थित रहेको जनाइएको छ ।

यस्तै जिल्लाको तिलाठीकोइलाडी र छिन्नमस्ता तथा बिष्णुपुर गाउँपालिकाकासहित ६४ वटा बिद्यालयमा समेत कोभिड १९ को संक्रमणबाट बच्नको लागि अपनाउने स्वास्थ्य सामग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिनुभयो ।