नवलपरासी प्रहरीद्वारा १० लाख बढीको अवैध सामग्री वरामद – Nagarikabhiyan : National News

नवलपरासी प्रहरीद्वारा १० लाख बढीको अवैध सामग्री वरामद

बुटवल । नवलपरासी ( पश्चिम ) प्रहरीले  पिकअप जिपसहित १० लाखभन्दा बढी  मूल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ  ।

तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –(बेल्ट ) बरामद गरिएको हो ।

त्यस्तै, भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको  पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा  प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।

उक्त कुखराको मूल्य अन्दाजी ३८ हजार र गाडीको मूल्य अन्दाजी ७ लाखसहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले रातोपाटीमा लेखिएको छ ।

#अवैध सामग्री