अबैद्ध समान बरामद – Nagarikabhiyan : National News

अबैद्ध समान बरामद

इनरुवा, मंसिर २३ गते । सुनसरीको विभिन्न स्थानमा बरामद भएको अबैध समान बरामद गरी जिल्ला भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । सुनसरीको बिभिन्न स्थानमा प्रहरीले सुरक्षा चेकजाँच गर्ने क्रममा खाधान्न प्याज , युरियामल (खाद) र २ थान मोटरसाईलक गरी एक लाख ३५ हजार मूल्य बरावरको सामान बरामद गरेको हो । भारतबाट चोरी पैठारी गरी भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरी पठाईएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।