लौकही नाकाबाट तस्करी हुने क्रम जारी, सशस्त्र असुलीमा व्यस्त – Nagarikabhiyan : National News

लौकही नाकाबाट तस्करी हुने क्रम जारी, सशस्त्र असुलीमा व्यस्त

मुस्ताक आलम ।
लौकही । सुनसरीको सीमावर्ती कोशी गाउँपालिकाको लौकही नाकाबाट पछिल्लो समय चोरीपैठारी र तस्करी बढेको जनगुनासो बाहिर आएको छ । सीमा सुरक्षा गर्न, सीमामा चोरी तस्करी नियन्त्रण गर्न बसेका सशस्त्र प्रहरीको सेटिङ्ममा अबैध तस्करी बढेको पाइएको हो । नेपाल भारतको सीमामा गत चैत ११ गतेदेखी सिल भएपनी सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक रुपमा अबैध तस्करी बढेको पाइएको स्थानीयहरुले बताएका छन् । यस नाकाबाट लाखौं रकम बराबरको अबैध तस्करी भइरहेको एक स्थानीयले बताएका छन । केही महिनायता सीमामा तैनाथ सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डे सहितको नेतृत्वको प्रहरीको मिलोमतो दैनिक रूपमा प्याज, मल, कपडा र कवाडीका समानहरुको अबैध तस्करी भइरहेको स्रोतले जनाएको छ । भारती बजारबाट सस्तो दरमा पाईने प्याज भन्सार नतिरि सशस्त्रलाई नजराना बुझाई ल्याएर महगो दरमा नेपालमा बेच्ने गरेको बताइएको छ । लक डाउनको समयमा सशस्त्र प्रहरीको मिलोमतोमा सजिलैसंग नजराना बुझाएर नेपाल प्रवेश गराउने गरेको छ । यहाँ तस्करी, चोरी र डकैती जस्ता क्रियाकलापलाई बढ्वा दिएका छन । ती सबै प्रकारका तस्करीमा सहयोग बापत सप्रनी अरुण पाण्डेलाई मासिक नजरना बुझाएको एकजना ब्यापारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छ्न । सुनसरीको बिओपि लौकहीमा सरुवा भइ आएका पाण्डे अहिले अवैध मालसामान बरामद गर्नुको साटो तस्करीहरुसंग ठुलो रकमको बार्गेनिङ गरेर तस्करीलाई लाइन दिनेको गरेको बताइएको छ । यता एक जना स्थानीय किसानले आफूहरुलाई २०÷४० केजीसम्म युरिया मल ल्याउन नदिएको तर तस्करहरुको गाडीमै समान आउदाँ समेत मुखदर्शक बनेको गुनासो गरेका छन् । किसानलाई सीमामा फर्काउछन तर तस्करीहरुलाई लाइन दिई लाखौं बराबरको मालसामान सजिलोसँग बोडर कट्छन । सीमामा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुको यस्तो रवैयाले गर्दा नेपाल सरकारको राजस्व चुहावट मात्रै नभई आपराधिक समूह सजिलोसंग नेपाल प्रवेश हुन्छ । तस्करी गराएबापत सिमा तैनाथ सशस्त्र प्रहरी नेतृत्वको टोलीले साप्ताहिक, मासिक रुपमा नजराना लिई तस्करी गराइने गरेको पाइएको बताइएको छ । सीमा सुरक्षा बल लौकहीका प्रहरी निरीक्षक पाण्डे आएदिन देखि सीमा क्षेत्रमा तस्करहरुले अवैध धन्दा कार्यहरुलाई बढावा दिएका हुन् । नेपाल भारत सीमा नाका लौकही र यसको आसपास, छोटी भन्सार कार्यालय छेउबाट , पूर्वी भारतको बसमतिया क्षेत्रबाट अहिले तस्करहरुले तस्करी गरिरहेको खुलेयाम देख्न सकिन्छ । भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको स्थानीय जनप्रतिनिधिहरु समेत बताएका छन् ।
उता सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले सीमामा सुरक्षा कडा गरेको र गस्ती नियमित गर्दा कुनै तस्कर नभेटिएको प्रतिकृया दिनुभयो ।