मध्यरातमा चाैपाय तस्करी, सीमा क्षेत्रबाट ४७ गाई-गोरु नियन्त्रणमा
२२ मंसिर २०७७, सोमबार १२:३६
विराटनगर । नेपालबाट तस्करी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ४७ वटा गाई-गोरु नियन्त्रणमा लिएको छ ।सोमबार बिहानको राति करिब १-३० बजे मोरङको धनपालथान गाउँपालिका – १ गडेरीया चोकबाट गाई गोरु नियन्त्रणमा लिएको हो ।
नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले २९ वटा गाई, १५ वटा गोरु, एक बाछी र २ बाछा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गाई-गोरुको मुल्य पाँचलाख २१ हजार भन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । भेटनरी क्वारेटाइनको सिफारिस नगरी भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको चौपाय कारवाहीका लागि भन्सार कार्यालय रानी बुझाइएको उनले जानकारी दिए । पूर्वेली न्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया