छात्रालाई शैक्षिक सामग्री तथा साइकल बितरण – Nagarikabhiyan : National News

छात्रालाई शैक्षिक सामग्री तथा साइकल बितरण

राजविराज । सप्तरीको राजविराजमा आज एक समहारोका बिच आयोजित कार्यक्रममा नौ जना दलित छात्रालाई शैक्षिक सामग्री तथा साइकल बितरण गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरेको समहारोमा कोरोना माहामारीका कारण क्षैक्षिक क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै करिब ९ जना दलित छात्रालाई शैक्षिक सामग्री र प्रत्येकालाई एउटा साईकल प्रदान गरिएको छ ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का दलित छात्राहरुलाई साइकल र शैक्षिक सामग्री सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवले प्रदान गर्नुभयो ।

उनीहरुलाई एउटा झोला,२५ थान कापी,२ दर्जन कलम(पेन),२ थान इङलिश राइटिङ,२ थान स्केल,एउटा क्यालकुलेटर,औजारबक्स,ग्रामरकिताब,नेपाली ब्याकरण ,समान ज्ञान, देवाल घडी र एउटा साइकल सहित करिबरु १२ हजार मुल्य बराबरको प्रत्येक छात्रालाई सामग्री प्रदान गरिएको सेभ द सप्तरीका अधिकृत संतोष कुमार यादवले जानकारी दिनुभयो ।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सेभ द सप्तरीका सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी सहितकाले शुभकामना मतब्य ब्यक्त गरेको थियो ।

कार्यक्रममा सेभ द सप्तरीका अधिकृत ललिता मण्डल,समुदायिक परिचालक प्रमानन्द राम,मिठु झा,मिल साहयक चन्दन चौधरी सहितका उपस्थित रहेको थियो ।