सुनको भाउ घट्यो – Nagarikabhiyan : National News

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो।

तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ  आइतबार स्थिर छ।