अपाङ्गता दिवसको अवसरमा लाइनस क्लब विराटनगको बिविध कार्यक्रम – Nagarikabhiyan : National News

अपाङ्गता दिवसको अवसरमा लाइनस क्लब विराटनगको बिविध कार्यक्रम

देवानगंज ।  अपाङ्गता दिवसको अवसरमा लाइनस क्लब विराटनगले विभन्न कार्यक्रम गरि मनाइको छ । लाइनस क्लब विराटनगरले सिटी सिनेमाको सभाहलमा एक कार्यक्रम गरि हाते स्कुटर वितरण गरेको छ । सुनसरी र विराटनगरका अपाङ्गता भएका व्यत्तीहरुलाई स्कुटर वितरण गरिएको छ ।

लायन्स क्लब अफ बिराटनगर शुभम परिवारका प्रमुख मोनिका शर्माले देवानगञ्ज गापा २ की २३ वर्षिया निरासा कुमारी रौनियारलाई हाते स्कूटर प्रदान गरिएको छ । रौनीयारको अभिभावकको रुपमा कोहि नभएको अवस्था र हिड्न नसक्ने भएपनी एउटा पसल सञ्चालन गरेर आफ्नो दैनिकी चलाइरहेकोले त्यसमा सहजताका लागि स्कुटर प्रदान गरेको हो ।

रौनीयार सधैं पसलको लागि सामान लिन बिराटनगर आउनजान निकै अफ्ठ्यारो हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पसल ब्यवसायलाई प्रोत्साहन गर्न तथा सामानहरु बोक्न सजिलो हुने हाते स्कुटर प्रदान गरिएको समाजिक अभियान्ता पेरिस सुवेदिले जानकारी दिनु भयोको छ । दिवशको असरमा हाते स्कूटर प्रदान गरिएको लायन्स क्लब अफ बिराटनगरले जनाएको छ ।