पतीद्धारा पत्नी माथि आगजनी, पत्नी सहित दुई छोरी पनि घाईते
२२ चैत्र २०७६, शनिबार १५:२३
सुनसरी : सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षिया कमला कुमारी उराँवलाई उहाँका पती २९ वर्षिय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ ।
पत्नीलाई जलाउने प्रयास स्वरुप चैत २० गते राती पेट्रोल छर्केर आगो लगाउदाँ दुई छोरी समेत भाईते भएको छ । आगोले पोलेर घाईते हुनेहरुमा सियालालकी पत्नी कमलाकुमारी, ८ वर्षिया छोरी प्रतिक्षा र ४ वर्षिया छोरी प्रतिमा रहेको प्रहरी नायव निरीक्षक विनुमाया बस्नेतले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया