युथ क्रिएसनको बजेट सार्वजनिक – Nagarikabhiyan : National News

युथ क्रिएसनको बजेट सार्वजनिक

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ र १० वडाका लागि युथ क्रिएसन सुनसरीले बजेट सार्वजनिक गरेको छ । इनरुवा नगरपालिका ९ नम्बर को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा बजेट सार्वजनिक गरेको हो ।
दुबै वडामा लिड एण्ड डिसाईड कार्यक्रम गर्नका लागि बिनियोजन गरेको बजेट सार्वजनिक गरेको हो । प्लान इन्टरनेशनलको सहयोग र युथ क्रिएसन सुनसरीको आयोजनामा हुने एक वर्षे कार्यक्रमको लगभग ५ लाख बजेट सार्वजनिक गरेको सामाजिक परिचालक पिताम्बर ठाकुरले जानकारी दिए ।

इनरुवा नगरपालिका वडा नम्बर ९ र १० का किशोरीहरुलाई नेतृत्व विकास तालिम, बालबिवाह न्यूनीकरण अभियान, प्रजनन स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।

केही वर्ष यतादेखी सुनसरीको इनरुवा नगरपालिका, हरिनगर र देवानगंज गाउँपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा र युथ क्रिएसन सुनसरीको आयोजनामा किशोरी समुहहरुसँग काम गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा युथ क्रिएसन सुनसरीका कार्यक्रम संयोजक भीम पोखरेल, इनरुवा नगरपालिका ९ नम्बरका वडाध्यक्ष बसिरमुद्धिन मंसुरी, १० नम्बरका वडाध्यक्ष सुल्तान मियाँ, वडा सचिव दिगम्बर यादव, वडा सदस्य सतिया खत्वे, कमल भोर, रञ्जना चौधरी, शान्ति खत्वे, रफिद मियाँ,अधिकारकर्मी कमला खत्वे, स्वंयसेविका सहजादि प्रविन लगायतको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।