लैगिंक हिसाँ न्युनिकरणमा जोड – Nagarikabhiyan : National News

लैगिंक हिसाँ न्युनिकरणमा जोड

इनरुवा । सुनसरी दुहवी नगरपालिकामा बुधबारबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटनका सरोकारबालाहरुले लैगिंक हिसाँ न्युनिकरणमा जोड दिएका छन् ।  विश्वभर नै २५ नोभेम्बरदेखि सुरु भई १० डिसेम्बरसम्म जारी रहने अभियानको उद्घाटनमा दुहवीका सरोबारबालाहरुले सभ्य समाज निर्माणका लागि लैगिक तथा महिला हिसाँ अन्त्य हुन जरुरी रहेकोमा जोड दिएका छन् ।

दुहरी नगरपालिकामा सम्पन्न भएको लैगिंक हिसाँ विरुद्धको अभियानको उद्घाटन सत्रमा प्रमुख वेदनारायण गच्छदारले देशमा एकपछि अर्को लैगिंक तथा महिला हिसाँको घटना बढेकोमा चिन्ता व्यक्त गर्दै लैगिंक हिंसा न्युनिकरणका लागि शिक्षा र सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले हिसाकाँ घटना सहेर बस्दा महिला हिसाँ बढेकाले न्यायका लागि जागरुकता आवश्यक भएको बताउनुभयो । ओरक जिल्ला संयोजक शान्ती दनुवारले घरबाटै समेत बाबुद्वारा छोरी बलात्कार, वृद्धद्वारा बालिका बलात्कृतसम्मको घटना र पतीद्धारा पत्नी पीडित, ससुरा र देवरबाट महिला पीडित भएको घटना बढेकाले सचेतनाको कार्य आवश्यक भएको बताउनुभयो ।

कार्यक्रम दुहवीका उपप्रमुख सुनीता दाहाल साहको अध्यक्षतामा सम्पन्न भएको महिला शाखाकी सुमित्रा माझीले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष विजय चौधरी, राजन बस्नेत, अजुल हुसेन, न्यायीक समितिकी मैना राई, नारी विकास मञ्चकी बन्दना घिमिरे , पत्रकार जयकृष्ण यादव, आवाज नेपालकी मेनुका खतिवडा सहितका ५५ बढी सरोकारबालाहरुले लैगिंक हिसाँ निवारण र अभियानका बारेमा बोल्नुभएको थियो ।