सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील छ : मन्त्री नेम्बाङ – Nagarikabhiyan : National News

सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील छ : मन्त्री नेम्बाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले नेम्बाङ्गले सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील रहेको बताउनु भएकाे छ । पाँचथरको फालेलुङ गाउँपालिका–४ ९गोर्खेपानी० फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गर्दै उहाँले मुलुक र जनताको सुरक्षामा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘एकैसाथ सयौँ  (बीओपी) स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालिएको छ ।’ मन्त्री नेम्बाङले सिमित स्रोत साधनको बाबजुद धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको दावीसमेत गर्नुभयाे ।

“यो सरकारले एकैसाथ यति धेरै काम थालेपछि, जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने कुरा स्पष्ट हुन्छ” -उहाँले भन्नुभयो ।

 

पाँचथरका प्रतिधिनिसभा सदस्य समेत रहनुभएका मन्त्री नेम्बाङले सरकारले पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालेको पहल दूरगामी महत्वको रहेको बताउनुभयो ।

एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसीटी ल्याब स्थापना गरिनु लगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री नेम्बाङ्गले (बीओपी) सहित सुरक्षा निकायलाई प्रविधि र पूर्वाधारयुक्त बनाई सुरक्षा निकायलाई सवल बनाउने उल्लेख गर्नुभयो ।

मन्त्री नेम्बाङले सरकार महामारीकाबीच पनि समस्या ग्रस्त क्षेत्रको सुधार गर्दै, पूर्वाधार विकास गर्दै समृद्धिको यात्रामा रहेको र आम नेपालीले यहि चाहेको भन्दै नेपाल कम्युष्टि पार्टी (नेकपा) विभाजन नहुने स्पष्ट पार्नुभयो ।

आज उद्घाटन भएको बीओपीमा १९ जना सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं. गुल्म फिदिममा प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री नेम्बाङ्गले आजै याङवरक गाउँपालिका स्थित थर्पूमा स्वास्थ्यचौकी, फालेलुङ गाउँपालिका ५ स्थित प्राङबुङ्गका विद्यालयमा आइसीटी ल्याब तथा स्वास्थ्यचौकी र लुङरुपामा विद्युतिकरणको उद्घाटन गर्नु भएको छ ।

उहाँले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवा प्रवाह एवम नागरिकको समस्याहरुको विषयमा स्थानीयसंग छलफल समेत गर्नु भयो ।

स्रोत : न्युज२४बाट