आज तोलामा १८ सयले घट्यो सुनको मुल्य
९ मंसिर २०७७, मंगलवार १३:५५
काठमाडौं । आज तोलामा सुनको मुल्य १ हजार ८ सय रुपैयाँले घटेको छ ।
सोमबारको बजार भाउको तुलनामा आज सुनको मुल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार ५ सयमा झरेको छ । सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजारमा पुगेको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान महासंघले गरेको छ ।
द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया