१५ दिनभित्र १० क्रसर उद्योगलाई बन्द गर्न स्थानीय प्रशासनको निर्देशन – Nagarikabhiyan : National News

१५ दिनभित्र १० क्रसर उद्योगलाई बन्द गर्न स्थानीय प्रशासनको निर्देशन

दाङ । स्थानीय प्रशासन दाङले १५ दिनभित्र १० वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । आइतबार साँझ स्थानीय प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुमति नलिई सञ्चालनमा आएका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएका हुन् ।

प्रजिअ आचार्यका अनुसार बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका १० उद्योगको अनुमति एउटा र काम अर्कै गरिरहेको पाइएको हुँदा बन्द गर्न निर्देशन गरिएको हो ।व्यवसायीको सल्लाहामा व्यवस्थापनका लागि १५ दिनको म्याद दिइएको उनले बताए ।

तुलसीपुर बिजौरीस्थित स्वर्गद्वारी स्क्रिन प्लान्ट, बिजौरीकै जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरकै गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, तुलसीपुरकै मंगलम् बालुवा प्रशोधन उद्योग, लमहीको सतवरीयास्थित बगारवावा बालुवा प्रशोधन उद्योग, लमहीकै पाण्डवेश्वर बालुवा वासिङ उद्योग, लमही सतवरीयाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवाको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग, पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग, बबईस्थित वासिङ उद्योगलाई क्रसरको काम बन्द गर्न निर्देशन दिइएको हो ।

अनुगमनका क्रममा बालुवा वासिङ उद्योगको नाममा दर्ता गरी क्रसर उद्योग सञ्चालन गरेको, क्रसर सञ्चालन गर्दा राजमार्गको पाँच सय मिटर दूरी कायम गर्नुपर्नेमा त्यसविपरीत भएको उनले बताए ।

स्रोत द नेपाल टपबाट