महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड लिलाम – Nagarikabhiyan : National News

महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड लिलाम

एजेन्सी । महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड अर्थात झण्डै १८ लाख रुपैयाँमा बिक्री भएको छ ।

शुक्रबार लिलामीकर्ता एन्ड्यू स्टोले इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउण्ड प्राप्त गर्ने आशा राखेका थिए । तर, उक्त घडी १२ हजार पाउण्डमा बिक्री भएको छ ।

सन् १९४४ मा गान्धीले स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुबालाई समर्पणका लागि धन्यवाद स्वरुप दिएका थिए ।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एक जना निजी संकलक हुन् । उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो ।

सन् १९३६ मा उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए । त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए । र त्यसको स्वामित्व क्रमशः मा उनका नातिकहाँ आइपुग्यो ।

‘यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्व थपिएको छ,’स्टोले भने ।

‘यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्त्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ ।’

यसअघि गत अगस्टमा गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउण्डमा बिक्री भएको थियो ।

स्रोत : द नेपालटप