ट्या्रक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, २ जना घाइते – Nagarikabhiyan : National News

ट्या्रक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, २ जना घाइते

धनगढी । कञ्चनपुरमा ट्या्रक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.३ मासे १ त ९५३३ नं.को ट्या्रक्टरले से १ प ६७६५ को मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मृतक जोशीका श्रीमान ५५ वर्षीय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्या्रक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्रोत :  द नेपालटप