३८९३ घरमा प्रहरीको नम्बर स्टिकर टाँस कार्यक्रम सम्पन्न प्रमुख -बीरेन्द्र जोहारी – Nagarikabhiyan : National News

३८९३ घरमा प्रहरीको नम्बर स्टिकर टाँस कार्यक्रम सम्पन्न प्रमुख -बीरेन्द्र जोहारी

इलाका प्रहरी कार्यालय कमलबजारले तीन हजार ८९३ घरदैलोमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गरेको छ ।
कमलबजार नगरपालिकाका १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिएको हो ।

कमलबजार प्रहरीले गत पुस १८ गतेदेखि घर घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुभारम्भ गरेको थियो ।
सो अभियान १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरि सकिएको छ ।

प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको शीघ्र सूचना प्राप्त गर्न र नागरिक प्रहरीबीचको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख बीरेन्द्र जोहारीले  नागरिक अभियान संग को कुरासँग
जानकारी दिए ।