बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु – Nagarikabhiyan : National News

बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पथरी शनिश्चरे नगरपालिका(१ मगर गुम्बास्थित सडकमा को।१ ख ७८३५ नम्बरको बसले प्रदेश न।१०१००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार तेह्रथुम घर भई शनिश्चरे नगरपालिका(२ राधा गुरूङको घरमा पाहुँना आएकी ८० वर्षीया हस्तमाया गुरूङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको छ। सिटि सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।