सुनसरीको भोक्राहामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु – Nagarikabhiyan : National News

सुनसरीको भोक्राहामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो पुर्वबाट पश्चिमतर्फ जादै गरेको वा। ६६ प ४१९२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्रदेश १(०२(०५ प ३४३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मध्ये ३४३२ का चालक बिरेन्द्र कुमार साहको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो।

दुर्घटनामा परी घाईते भएका अर्का मोटरसाईकल चालक २६ बर्षीय भईसन तामाङ र पछाडी सवार २३ बर्षीय विल्सन राईको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।