राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त छ वरिष्ठ उपाध्यक्ष सिटौला – Nagarikabhiyan : National News

राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त छ वरिष्ठ उपाध्यक्ष सिटौला

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन्।

मंगलवार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो आरोप लगाएका हुन्। उनले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको आरोपसमेत लगाए।

उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गरे। यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ।

उनले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वबत वा कोमामा रहेको बताए। उनले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताए।