बसको ठक्करबाट ३० वर्षीय अजित बोटेको ज्यान गयो
१ माघ २०८०, सोमबार १२:२२
स्याङ्जामा बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । सोमबार बिहान पौने ९ बजे कालीगण्डकी गाउँपालिका–७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार जयपतेबाट रिडी जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदल हिँडिरहेका ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो । ठक्कर पछि बोटेको घटनास्थलमै मृत्यु भएको डिएसपी रानाले बताए । घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया