रास्वपा केन्द्रीय सदस्य र सांसदको लेबी शुल्क २५ हजार रुपैयाँ – Nagarikabhiyan : National News

रास्वपा केन्द्रीय सदस्य र सांसदको लेबी शुल्क २५ हजार रुपैयाँ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

आज सिंहदरबारमा बसेको सचिवालय बैठकले लेबी शुल्कमा एकरूपता ल्याउन लागि केन्द्रीय सदस्य र सांसदहरूका लागि वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । यसअघि केन्द्रीय सदस्यहरूले एक लाख रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचतेक परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेबी शुल्कका लागि केन्द्रीय सदस्य र सांसदहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेका छौँ ।’

यसैगरी बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सचिवमा भूमिनन्द बराल र सदस्यहरूमा प्रा। डा। अत्यन्द्र दाहाल राम गुरुङ अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको उहाँले बताउनुभयो ।