अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ नयाँ समझदारी जरुरी छ कृष्ण सिटौला – Nagarikabhiyan : National News

अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ नयाँ समझदारी जरुरी छ कृष्ण सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा जोड दिँदै आफू त्यसमा लागिपर्ने बताए।

नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक रहेको बताउँदै उनले दलहरुबीचमा संसदमा नयाँ समझदारी निर्माण हुनुपर्ने उल्लेख गरे। कांग्रेसका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कांग्रेसले एकताबद्ध भएर अगाडि बढ्ने सिटौलको भनाइ थियो।

राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताउँदै उनले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दाबी गरे।
आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष बन्ने गरी उम्मेदवार बन्नुभएको होरु भन्ने सञ्चारकर्मीको प्रश्नमा भने अहिले त्यसबारे चर्चा गर्नु उचित नभएको प्रतिक्रिया दिए।