अवैध गर्भपतन गराएको भन्दै एक पोलिक्लिनिकमा सिल
२२ पुष २०८०, आईतवार २०:४१
अवैध गर्भपतन गराएको पाइएपछि जनकपुरधाम उपमहानगरपालिकाले एक एक पोलिक्लिनिक बन्द गराएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा सञ्चालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिकलाई आइतबार साँझ सिल गरिएको हो ।
एक २० वर्षीया अविवाहित महिलाको ६ महिनाको गर्भ चेकजाँच बिना नै स्टाफ नर्सले गरिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमन टोलीले फेला पारेको जनाएको छ ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविनकुमार मिश्र र स्वास्थ्य सल्लाहकार डा। नविन साहसहितको अनुगमन टोलीले पोलिक्लिनिक सिल गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया