रोहित शर्मा र विराट कोहली भारतीय टी २० टिममा फर्किए
२२ पुष २०८०, आईतवार २०:३८
रोहित शर्मा र विराट कोहली अफगानिस्तान विरुद्धको तीन खेलको टी २० आई शृंखलाका लागि भारतीय क्रिकेट टिममा फर्केका छन् ।
सन् २०२२ मा इंग्ल्याण्डमा भएको टी २० विश्वकप पछि यो फर्म्याटमा खेलेका थिएनन् । जुनमा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपको तयारीका लागि उनीहरुलाई टिममा बोलाइएको हो ।
भारतले अफगानिस्तानसँग विश्वकपअघि अन्तिम टी(२० शृंखला खेल्दै छ । यी खेल जनवरी ११, १४ र १७ मा हुने छ । यो शृंखलाका लागि रोहितलाई कप्तान बनाइएको छ ।
उनको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका हार्दिक पाण्ड्या र सूर्यकुमार यादव घाइते भएकाले टिममा परेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया