राष्ट्रपतिले फकाउन खोजेपछि प्रचण्डले दिए कडा जवाफ, भाँडभैलो हुने खतरा ! – Nagarikabhiyan : National News

राष्ट्रपतिले फकाउन खोजेपछि प्रचण्डले दिए कडा जवाफ, भाँडभैलो हुने खतरा !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा जवाफ दिएका छन् ।

राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष दाहाल ‘प्रचण्ड’लाई फकाउन खोजेपछि उनले कडा जवाफ दिएका हुन् । भण्डारीले नेपाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्नका लागि प्रस्ताव राखेकी थिइन्।

स्रोतले जनाएअनुसार राष्ट्रपति भण्डारीले ‘प्रचण्ड’लाई ‘पार्टी एकता तपाईं र प्रधानमन्त्री ओलीले गर्नुभएको हो, यसलाई जोगाउन तपाईंहरूकै सहमति जरुरी पर्छ ।’ भनेकी थिइन् ।

यस्को जवाफमा प्रचण्डले अब ढिलो भइसकेको भन्दै अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्न पर्ने भनेर जवाफ दिएको उच्च स्रातले जानकारी दिएका छन् ।  नेपालपानाबाट