गैँडाको आक्रमणबाट वृद्धको मृत्यु – Nagarikabhiyan : National News

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गैँडाले आक्रमण गर्दा घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।
घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।